कतारी राजदूतद्वारा विश्वकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई निम्तो

काठमाडाैं | असार १९, २०७९

कतारी राजदूतद्वारा विश्वकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई निम्तो


काठमाण्डौँ :       अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार शिष्टाचार भेट भएको छ। 

 

सो भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन्। 


उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन्। 

 

फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा  हुँदैछन्। 


प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्